साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार १४:१९

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउन पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवर्द्धनका लागि यस्ता एक्स्पो र व्यापार मेलाले भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली अर्थ क्षेत्रमा चेम्बरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको पनि बताउनुभयो । कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको भन्दै उहाँले पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्धन गर्ने कार्यक्रमहरू ल्याउन निजी क्षेत्रलाई आग्रह पनि गर्नुभयो ।

यस्ता एक्स्पोहरूले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्ने भएकाले निरन्तर गरिरहनुपर्ने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*