प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार ११:४७

मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रश्नको जवाफ दिने काम सकिएपछि बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*