नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकी दाबी

‘थप सम्झौता आवश्यक नपर्ने’
बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार ११:४५

 

मकवानपुर । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र अमेरिकाको उटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएको हो ।

अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको दाबी गर्नुभएको हो ।

उहाँका अनुसार नेपाली सेना र उटाहा नेसनल गार्डबीच साझेदारी कायम भईसकेकाले थप सम्झौताको आवश्यकता पर्दैन् । एसपीपी सैन्य गठबन्धन होइन भन्दै उहाँले नेपालकै अनुरोधलाई अमेरिकाले स्वीकार गरेको र त्यसमा थप सम्झौता गर्नुपर्ने प्रावधान नरहेको दूतावासको भनाइ छ ।

पत्रकार सम्मेलनमा नियोग उपप्रमुख निकलरले एसपीपी मार्फत जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाइने तथा प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागीजस्ता समस्यामा दुई सेनाबीच सहकार्य हुने बताउनुभयो ।

दूतावासको यस्तो दाबीले भने झन् अन्योलको अवस्था ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*