बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

बागमति प्रदेशले आज ४ बजे सार्वजनिक गर्ने
बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार ११:१३

मकवानपुर । बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।
प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन ।
सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन् ।
स्थानीय आवश्यकता अनुसार बजेट बनाउनु पर्ने भए पनि प्रदेश सरकारहरुले पनि केन्द्रकै देखासिकी गर्दै वितरणमुखी बजेट नै बनाउने गरेका छन् ।
यसैबिच, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ ।
बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवमा १० अर्ब बढाएर बजेट ल्याउने तयारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*