अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार ११:३२

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको जानकारी लिन लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ । भ्रमणको उद्देश्य बारे सरकारले कुनै जानकारी गराएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*