प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै

आजदेखि विभागीय मन्त्रीहरुले जवाफ दिने
बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:११

मकवानपुर । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक साेमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। साे बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नकाे मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो ।

बैठकमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि साेमबारको बैठकमा भने सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएकाे हाे ।

साेमबारकोे बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षककाे छलफलका क्रममा उठेका प्रश्नकाे विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*