गृह प्रशासन सदैव मजदुरको पक्षमा : गृहमन्त्री खाँण

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:०९

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं लागि रहने समेत बताउनुभयो ।

आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मजदुरहरुले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताउनुभयो । कुनै पनि मजदुरलाई कसैले पनि दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाँणले उनीहरुको पक्षमा सरकार जहिले पनि उभिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मजदुरको सुरक्षाका लागि, मजदुरको हकका लागि आवश्यक प¥यो भने तपाईहरुको पक्षमा जहिले पनि गृह प्रशासन रहन्छ । उद्योगी, व्यवसायीहरुलाई पनि प्रोत्साहित गर्दै उनीहरुको व्यवसायको पनि संरक्षण र प्रवद्र्धन गर्दै मजदुरको अधिकालाई प्राथमिकता दिनेछौं । कुनै पनि मजदुरलाई कसैले पनि ह्यारेज गर्न पाउँदैन । कुनै पनि श्रमिकलाई कसैले पनि दुःख दिन पाउँदैन । यदि मजदुरलाई कसैले पनि दुःख दियो भने सरकार, सुरक्षा निकाय, गृह प्रशासन मजदुरको पक्षमा उभिने विश्वास दिलाउन चाहन्छु ।’

गृहमन्त्री खाँणले मजदुरहरुको हितकै लागि सरकारले उद्योग, व्यवसायको संरक्षण र प्रवद्र्धनमा पनि उत्तिकै जोड दिने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*