एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:०६

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएकाे छ । उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजैको बैठकमा पेश गरिने भएकाे छ ।

आइतबार बसेको नेकपा एमालेकाे केन्द्रीय कार्यालयको बैठकले चुनावी समीक्षा लगायतका एजेन्डा तय गरेको हो। एमालेले चुनाव भएका ७ सय ५२ पालिकामध्ये २ सय ५ वटा पालिकामा प्रमुख जितेको थियो । बैठकमा एमालेको गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषयमा पनि छलफल गरिने जनाइएकाे छ ।
आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगको सिफारिसका विषयमा भने छलफल नभएको नेताहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*