अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १६:१६

मकवानपुर । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए । गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।

अर्थ मन्त्रालयका अनुसार छलफलमा अर्थ सचिव तथा सहसचिवहरु समेत सहभागी थिए । आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*