रासायनिक मलको टुङगो नहुँदा किसान चिन्तित

बकैया दर्पण संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १०:०४

मकवानपुर । धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् । धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल नपाउँदा अन्योलमा परेका हुन् । अघिल्लो वर्ष पनि मल अभावका कारण भारतीय बजारबाट मल किन्न बाध्य भएका बाँकेका किसानले यस वर्ष पनि मल किन्न भारत नै जाने सोच बनाएका छन् । तर, भारतीय बजारमा पाइने मल कमसल हुने भएकाले किसानहरू ढुक्कसँग भारतबाट मल किन्न पनि सकिरहेका छैनन् । किसानले गत चैतमा पनि मकैका लागि मल पाएका थिएनन् ।

नेपालगन्जस्थित कृषि सामग्री कम्पनीले धान खेतीका लागि बाँकेमा १२ सय मेट्रिक टन डिएपी मल माग भएपनि एक सय ६५ मेट्रिक टन मात्रै मौज्दात रहेको जनाएको छ । जिल्लामा ३ हजार मेट्रिक टन युरिया मल र ५० मेट्रिक टन पोटासको मलको माग छ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले तीन सय ३५ मेट्रिक टन डिएपी दिने कोटा निर्धारण गरे पनि अहिलेसम्म दुई सय ८० मेट्रिक टन मात्र नेपालगन्ज आइपुगेको छ ।

थप मल भने कहिले आपूर्ति हुन्छ भन्ने कुनै टुङ्गो छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*