प्रतिनिधिसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

बकैया दर्पण संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १०:०२

मकवानपुर । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रलाय, युवा तथा खेलकूद मन्त्रलाय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रलाय, वन तथा वातावरण मन्त्रलाय, शहरी विकास मन्त्रालय, भूमि व्यवसथ, सहकारी तथा गरिबी निवारण मन्त्रलाय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायको छलफल सुरु हुने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा छ ।

जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ’फौजदारी कसुर तथा फौदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*