सुदूरपश्चिमको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १६:०५

मकवानपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राखेका हुन् । उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत ब्यक्त गरे ।
प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । सो बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोड्ने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘अब यो सुदूरपश्चिममा ड्राई पोर्ट बनाउने भारत सरकारसँग सहमति भएको छ । महाकाली पारी दोधारा चाँदनीमा ड्राइपोर्ट भएको खण्डमा सिधैं सुदूरपश्चिम प्रदेश भारतको बम्बईसँग कनेक्ट हुनेछ । सिधैं बम्बईबाट मालसामान ल्याउन सकिनेछ । यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए । उनले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*