लोसपा कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १०:३७

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्दैछ । शनिबार देखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनका लागि गठबन्धन लगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए।

लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएपछि शनिबारको बैठक केहि बेरमै टुङ्गिएको थियो। आजको बैठकमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ताका क्रममा भएको छलफलको बारेमा समेत जानकारी गराइने झाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*