प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार ११:०६

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो ।

आयोगले यही मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने गरि मिति तोक्न सरकारलाई सिफारिस गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था भए पनि त्यसको गणना कसरी गर्ने भन्नेमा दलहरुबीच अन्योलता छ । आयोगले भने पहिलो चुनावी परिणाम आएको मितिलाई आधार मानेर अर्को चुनावको मिति सिफारिस गर्ने बताएको छ ।

प्रतिनिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति तोक्ने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो परिणाम आएर निर्वाचित सदस्यले प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*