सरकारले निर्वाचन केन्द्रित बजेट ल्यायो : राजेन्द्र लिङ्देन

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १४:४०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् । अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरेका छन् । अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको पनि बताए ।

लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको यकिन नगरी अनुमानको भरमा आएको पनि आराेप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*