बजेट चुनावी घोषणापत्रजस्तो : पूर्वअर्थमन्त्री पौडेल

बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार १२:३५

मकवानपुर । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताउनुभएको छ ।

बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याएको दस्तावेज मात्रै भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ । मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ।’

पौडेलले सरकारले संघीयताप्रति अतिरिक्त दाबी गर्ने पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटले भने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको बताउनुभयो । त्यसरी माथिबाट योजना र अनुदान पठाउँदा योजना कार्यान्वयन नहुने तर स्रोतको भने दुरुपयोग हुने उहाँले धारणा राख्नुभयो ।

यस्तै, सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य समेत आधारहीन र असम्भव भएको पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*