समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प: अध्यक्ष प्रचण्ड

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १०:१८

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनुभएको छ ।

१५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपीलसमेत गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा जित हार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी भएकाेमा आफूहरु हषिर्त भएकाे उहाँकाे तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*