लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाे छ: अध्यक्ष ओली

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १०:१७

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ ।

१५ औं गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । जसका कारण मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याउने काम भइरहेको उहाँकाे दावी छ । उहाँले मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेकाे बताउनुभएकाे छ । साथै केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहको ठाउँ सत्ता र शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको उहाँकाे तर्क छ ।
जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या-अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*