कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार १०:२१

मकवानपुर । स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

बुढी गंगामा मतगणना अझै सुरु भएको छैन भने अन्य ठाउँको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि मध्ये हालसम्म ३४ हजार ८ सय ८८ जनप्रतिनिधि चुनिसकेका छन् ।
अब केही जनप्रतिनिधि मात्रै चुनिन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*