जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:१८

मकवानपुर । काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह पुगेका छन् ।

अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन् । काठमाडौं महानगरमा अब २२ हजार ५ सय ६४ मत गन्न बाँकी छ। २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्।

पछिल्लो परिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् ।

तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ६० हजार मत कटाएकी छन् । ​ सुनिताले ६० हजार ६७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय ८६ मत पाएका छन् ।

उनी विजयी भइसकेकी छन् । उनले मत गन्नबाँकी भन्दा झण्डै १८ हजार मत बढी पाएकी छन् ।

आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*