पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:१५

मकवानपुर । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।

मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत प्राप्त गर्नुभयो । राप्रपाका शंकर खरालले ५ हजार ६७४ मत प्राप्त गर्नुभएको छ । लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपमेयरमा एमालेकी उम्मेदवार गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८४६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गर्नुभयो । राप्रपाकी रञ्जना सेन (रञ्जु) ले ५ हजार ५८१ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*