काठमाडौंको मेयरमा बालेन शाहलाई २० हजार बढी मतको अग्रता

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:१३

मकवानपुर । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।

बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० तथा एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार बालेनले ५४ हजार ७३९ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

यसैगरी, मेयरका अर्का उम्मेदवार एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*