स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०७९, मंगलवार ०९:४८

मकवानपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ । देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार देशभर नेपाली कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा ३ सय १९ पद जितेको छ । उपप्रमुख र उपाध्यक्षमा २ सय ९५ ठाउँमा जितेको छ । यस्तै कांग्रेसले अहिलेसम्म २ हजार ६ सय १७ वटा वडामा जित हासिल गरेको छ । अहिलेसम्म देशभर नेपाली कांग्रेसका १३ हजार ५ सय ३८ का उम्मेदवार विजयी भएका छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी जम्मा २०० ठाउँमा विजयी भएको छ । यस्तै उपप्रमुख र उपाध्यक्षमा जम्मा २ सय २८ पदमा एमालेले जितेको छ । एमालेले २ हजार ९७ वडामा अध्यक्ष पद जितेको छ भने देशैभर एमाले ११ हजार ६ सय ७१ पादाधिकारी एमालेका तर्फबाट विजयी भएका छन् ।

यस्तै नेकपा माओवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी जम्मा १ सय २० ठाउँमा जितेको छ । उपप्रमुख र उपाध्यक्षमा जम्मा १ सय २३ पदमा जितेको छ । माओवादीले १ हजार ४४ ठाउँमा वडा अध्यक्षमा जितेको छ । जम्मा माओवादीले देशभर ५ हजार ३ ठाउँमा जितेको छ ।

जनता समाजवादी पार्टी
नगर र गाउँपालिका प्रमुख – २९
उपप्रमुख र उपाध्यक्ष – ३०
वडाध्यक्ष – २८४
जम्मा – १ हजार ४८१

एकिकृत समाजवादी पार्टी
नगर र गाउँपालिका प्रमुख – १८
उपप्रमुख र उपाध्यक्ष – २१
वडाध्यक्ष – १८७
जम्मा – ९ सय ७०

लोकतापन्त्रक समाजवादी पार्टी
नगर र गाउँपालिका प्रमुख – १५
उपप्रमुख र उपाध्यक्ष – ११
वडाध्यक्ष – १०१
जम्मा – ७ सय ७०

राप्रपा
नगर र गाउँपालिका प्रमुख – ४
उपप्रमुख र उपाध्यक्ष – ४
वडाध्यक्ष – ६२
जम्मा – ३०२

यस्तै राष्ट्रिय जनमोर्चाले जम्मा १ सय ५९, नागरिक उन्मुक्ति पार्टीले ९९, जनमत पार्टीले ९३ र नेपाल मजदुर किसान पार्टीले देशभर ८५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*