भरतपुरमा ४४ हजार बढी मतका साथ रेणुकाे अग्रता कायमै

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०७९, सोमबार १३:४८

मकवानपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३४ हजार १ सय ७९ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत प्राप्त गर्नुभएकाे छ ।

साेही महानगपालिकाकाे उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्दी राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*