७०३ पालिकाको पूर्ण परिणाम आउँदा दुई पालिकाको अझै अन्योल

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०७९, आईतवार ११:२२

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणना अन्तर्गत हालसम्म ७ सय ३ पालिकाको परिणाम सार्वजनिक भएको छ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा आइतबार बिहानसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार करिब ९४ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२६ स्थानमा जित हासिल गरी १० स्थानमा अग्रता कायम गरेको छ। सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १५ स्थानमा अग्रता कायम गरेको छ। नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा ९ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ।

स्वतन्त्रसहित अन्यले २५ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन्। निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा नेपाली कांग्रेसले ९५ स्थानमा जित हासिल गरी १३ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा नेकपा (एमाले) ले ९२ स्थानमा जित हासिल गरी २० स्थानमा अग्रता कायम गरेको छ। नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ३२ स्थानमा जित र ४ स्थानमा अग्रता कायम गरेको छ।

जनता समाजवादी पार्टी नेपालले ११ स्थानमा विजय हासिल गरी १ स्थानमा अग्रता लिएको छ। स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी ३ स्थानमा अग्रता कायम गरेका छन्। मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले १८५ स्थानमा जित हासिल गरी १ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा एमालेले १२१ स्थानमा जित हासिल गरी ४ स्थानमा अग्रता कायम गरेको छ। नेकपा माओवादी केन्द्र ले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले २० स्थानमा जित हासिल गरी १ स्थानमा अग्रता कायम गरेको छ।​ स्वतन्त्रसहित अन्यले २८ स्थानमा विजय हासिल गरी ४ स्थानमा अग्रता कायम गरेका छन्।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १८९ स्थानमा जित हासिल गरी १ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा नेकपा (एमाले) ले १२२ स्थानमा जित हासिल गरी ४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ९४ स्थानमा जित र १ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी १ स्थानमा अग्रता कायम गरेको छ।

आज बिहानसम्मको परिणाम अनुसार कांग्रेसले २५४३ वडामा जित हात पार्दा ११ ठाउँमा अगाडि छ भने नेकपा एमालेका २ हजार ४६ वडाध्यक्ष निर्वाचित भएका छन्। माओवादीले १ हजार २९ वडा जित्दा जनता समाजवादी पार्टीले २ सय ७१ स्थानमा वडाध्यक्ष जितेको छ। त्यस्तै अन्य दलले ५ सय ५९ स्थानमा जित निकालेका छन्। यस्तै दुई नगपालिकाको मतदान हुन बाँकी छ।

वैशाख ३० गते बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको थियो। त्यहाँ के गर्ने भन्ने बारेमा निर्वाचन आयोगले अझै निर्णय गरेको छैन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*