काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०७९, आईतवार १०:५४

मकवानपुर । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ ।

काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता लिनुभएको छ ।

बालेन शाहले ३९ हजार ६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २२ हजार ७२ मतसतिह दोस्रो स्थानमा उक्लिनुभएको छ । नेकपा एमालेका केशव स्थापित २१ हजार ५७१ मतसहित तेस्रो स्थानमा झर्नुभएको छ । स्थापित सिंहभन्दा ५०१ मतले पछि पर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*