६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०७९, शनिबार १०:०५

मकवानपुर । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ।

सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ उपमेयर जितेकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र १ सय १६ पालिका मेयरमा विजयी हुँदा १ सय २० उपमेयर जितेको छ।

जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ। जसपाले २३ उपमेयर जितेकाे छ। नेकपा एकीकृत समाजवादीले १७ पालिका मेयर र २१ उपमेयर जितेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका मेयर र ९ उपमेयर जितेको छ।

अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २७ पालिका मेयर तथा १७ उपमेयर जितेका छ। मतगणना भइरहेको पालिकामध्ये नेपाली कांग्रेस १९ ठाउँमा अगाडि छ भने नेकपा एमाले १७ ठाउँमा अगाडि रहेकाे छ।

त्यस्तै नेकपा माओवादी केन्द्र ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्यले ५ पालिकामा अग्रता लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*