उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०७९, शनिबार ०९:५७

मकवानपुर । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ ।

सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३ उपमहानगरमा स्वतन्त्रका उम्मेदवारले अग्रता लिइरहेका छन् भने २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । साथै १ उपमहानगरमा नेकपा एमालेले अग्रता लिइरहेकाे छ ।

सुनसरीको इटहरीमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले २५ हजार ८ सय १६ मत ल्याउदा एमालेका यामकुमार सुब्बाले २१ हजार ८ सय ११ मत पाउनुभएको छ । उपमेयरमा एमालेकी संगीता चौधरीको २५ हजार ४३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टको १४ हजार ५ सय ६ मत पानुभएको छ । सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले १२ हजार ८ सय ५ मत ल्याउदा नेपाली कांग्रेसका किशोर राईले ११ हजार २ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरका माओवादीका अइन्द्रविक्रम बेघाले १३ हजार ३२ मत ल्याउदा एमालेका पदमप्रसाद लिम्बुले १२ हजार ३ सय १६ मत ल्याउनुभएको छ । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २० हजार ६ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृपबहादुर वड ९ हजार ९ सय २९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उमपेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारीले ९ हजार २ सय ९ मत ल्याउदा एमालेकी कन्दकलाकुमारी रानाको ८ हजार ५ सय ४० प्राप्त गर्नुभएको छ ।

रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले २३ हजार ४ सय ३३ मत ल्याउदा एमालेका बाबुराम भट्टराई १७ हजार ३९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्यालको १६ हजार ८८ मत हुँदा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङको ११ हजार ६ सय २० मत ल्याउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका टिकाराम खड्काको ८ हजार ७ सय ७२ मत हुदा कांग्रेसका गहेन्द्र गिरीको ८ हजार ७ सय १५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले ८ हजार १६० मत ल्याउदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाको ६ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको छ । यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ७ हजार २ सय ६९ मतसहित पहिलो स्थानमा रहदा एमालेका शिवशंकर साह ५ हजार ३१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा कांग्रेसका किशोरी साहको ८ हजार ५सय ८ मत हुँदा एमालेकी रुणादेवी झाको ५ हजार ७ सय ६० मत प्राप्त गर्नुभएको छ ।
यसअघि पाँच उपमहानगरको मतगणना सकिदा तीन उपमहानगरमा गठबन्धन र दुईमा एमालेका उम्मेदवार विजयी भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा निर्वाचित हुनुभएको छ । उहाँले एमालेका अनन्तप्रसाद पौडेललाई पराजित गर्नुभयो । लामाको २३ हजार ७५ मत आउँदा पौडेलले २० हजार ९ सय ८ मत ल्याउनुभयो । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी हुनुभयो । उहाँले एमाले उम्मेदवार सुमित्रा काफ्लेलाई पराजित गर्नुभयो । बानियाँको ३२ हजार ५ सय ९३ मत आउदा काफ्लेको २३ हजार ९ सय ९ मत आएकाे छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी हुनुभएको छ । बाराको जितपुर सिमरामा माओवादीका राजन पौडेल विजयी हुनुभएको छ । बाराको कलैया उपमहानगरको प्रमुखमा एमालेका बिनोदप्रसाद साह विजयी हुनुभएकाे छ । यसअघि दाङको घोराही उपमहानगरमा नेकपा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*