अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १५:००

मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।
गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २८९ वटा स्थानीय तहको प्रमुखपद जितेको छ भने २६३ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ४११ जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले १७९ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २०१ वटामा उपप्रमुख पद जितेको छ । उसले १ हजार ९२४ जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले १११ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने ११९ वटामा उपप्रमुख जितेको छ । माओवादीले ९९२ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १४ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

२५ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् भने जनता समाजवादी पार्टीले २० वटा स्थानीय तहका प्रमुख जितेको छ भने १४ उपप्रमुख पद जितेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानीय तहका प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले सबै भन्दा बढी ३७ पालिका प्रमुख र ३८ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले १८ पालिका प्रमुख र ३० उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले १२ पालिका प्रमुख र ८ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले १४ पालिका प्रमुख र १३ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी ५ प्रमुख र २ उपप्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ८ पालिका प्रमुख र ५ उपप्रमुखमा अगाडि रहेको छ । अन्य पार्टीका र स्वतन्त्र गरी ८ वटा प्रमुख र ३ उपप्रमुख पदमा अग्रता लिइरहेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका बर्चश्व रहेका किल्ला भत्काएर विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*