आज २९ औं मदन–आश्रित स्मृति दिवस

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १०:२२

मकवानपुर । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन–आश्रित स्मृति दिवस मनाउँदैछ ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

मदनपत्नी विद्यादेवी भण्डारी हाल नेपालको राष्ट्रपति छिन् भने एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन–आश्रितको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानबिन हुन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*