२ सय ३६ पालिकाको नतिजा सार्वजनिक

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०७:३२

मकवानपुर । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ ।

हालसम्म २ सय ३६ स्थानीय तह निर्वाचनको मत परिणाम आइसकेको छ। जसअनुसार नेपाली कांग्रेस सबै भन्दा अगाडि रहेको छ । कांग्रेसले हालसम्म १ सय ७ पालिकामा जितिसकेको छ ।

कांग्रेस १ सय ९६ स्थानमा अगाडि रहेको छ । एमालेले ६३ स्थानमा जित हासिल गरेको छ भने उ १ सय ३७ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्रले ५३ पालिकाको प्रमुखमा जित हासिल गर्दा ६३ ठाउँमा अगाडि छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जित हासिल गरेको छ । जनमोर्चाले २ ठाउँमा जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जित हासिल गर्दा जनता समाजवादी पार्टीले पनि एक ठाउँमा जितेको छ । यस्तै चार जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । ६ महानगर र ११ उपमहानगरको अहिलेसम्म एउटाको पनि मतगणना सकिएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*