कांग्रेस अलच्छिनजति बोकेर हिँडेको केपी ओलीको टिप्पणी

बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १४:५३

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ, कोही हाप्सिलोजस्ता छन्,’ ओलीले भने, ‘कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*