सत्ता गठबन्धनकाे बैठक सुरु

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १०:५८

सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन हुन नसक्ने वा सर्ने आशंका-अड्कलबाजी चलिरहेका बेला गठबन्धनमा तोलमेललाई लिएर विवाद उत्कर्षमा छ । महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ ।

उम्मेदवारको भागबण्डा तथा चुनावी तालमेलका सम्बन्धमा पाँच दलीय गठबन्धन भित्रका दलमा आन्तरिक रूपमा असन्तुष्टि उच्च बनेको छ ।

हिजाे बिहान पनि शीर्ष नेताहरूबीच वार्ता भएकाे थियाे । यद्यपि सहमति भने हुन सकेन । आजकाे बैठकले भागबन्डाकाे टुङ्गाे लगाउने बताइएकाे छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*