दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
४ बैशाख २०७९, आईतवार १५:४६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गर्नुभएको हो ।

आइतबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिन नेताबीच छलफल भएको हो । नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामुहिक रुपमा छलफल गर्नुभएको थियो । छलफलपछि नेताहरु सिंहदरबारबाट सँगसँगै बाहिरिनुभएको थियो ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताउनुभयो । आसन्न स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।

गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी) को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*