एमाले र जोशीबीच तनहुँमा चुनावी तालमेल

बकैया दर्पण संवाददाता
४ बैशाख २०७९, आईतवार १०:३०


मकवानपुर । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो । जस अनुसार दमौली नगर क्षेत्र समेत रहेको ब्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशीलाई मेयरमा एमालेले समर्थन गर्ने भएको छ । दिपकराज जोशीले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ ।

चुनाव परिचालनका लागि दुवै पक्षबाट चारचार जना रहेको चुनाव परिचालन समिति पनि गठन गरिएको छ । २०७४ सालको निर्वाचनमा जोशीले रामचन्द्र पौडेल विरुद्ध अभियान चलाएको आरोपमा कांग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । जोशीकै कारण पौडेल एमालेका किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ भने अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ ।
तनहुँ कांग्रेसमा अहिले पनि पकड राख्ने जोशी समूहले एमालेसँग सहकार्य गर्दा कांग्रेसलाई यस पटक पनि अप्ठेरो हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*