राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

बकैया दर्पण संवाददाता
३ बैशाख २०७९, शनिबार १०:२७

मकवानपुर । सर्वोच्च अदालतले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग खारेज गर्नुपर्ने माग गर्दै दर्ता भएको रिटमा कागजात पेश गर्न आदेश दिएको छ ।

इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो ।

कायम मुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की सहितको संवैधानिक इजलासले महाभियोग प्रस्ताव खारेज गर्न र पुनर्वहाली गनुपर्ने माग गर्दै अधिवक्ता पुण्यप्रसाद खतिवडाले रिट दायर गर्नुभएको थियो ।

राणाविरुद्ध गत फागुण १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*