कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेदवार टुंगो लाग्न सक्ने
बकैया दर्पण संवाददाता
३ बैशाख २०७९, शनिबार १०:१८

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*