स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन ओलीको आग्रह

बकैया दर्पण संवाददाता
१ बैशाख २०७९, बिहीबार ११:५७

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देशमार्फत ओलीले जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई आग्रह आग्रह गर्नुभएको हो ।

यसका साथै अघिल्लो वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको पनि उहाँले बताउनुभयो । शुभकामना सन्देशमा उहाँ लेख्नुहुन्छ, ‘केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।’

ओलीले अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाउनुभयो ।

सन्देशमार्फत ओली भन्नुहुन्छ, ‘अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् । सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ ।’

साथै उहाँले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना पनि दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*