भरतपुर कांग्रेसका २९ वटै वडा सभापतिहरू गठबन्धनको विपक्षमा

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:४८

मकवानपुर । चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् ।
कांग्रेस चितवनको पार्टी कार्यालय नारायणगढमा ज्येष्ठ सभापति वडा नम्बर १९ का आशमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रबाट पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि गठबन्धनको विपपक्षमा उभिने निर्णय गरेका हुन् ।
बैठकले गठबन्धन नमान्ने निर्णय गरेर केन्द्रमा पठाउन आग्रह गर्दै उनीहरूले जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल खाने भन्दै निर्णय हुबहु केन्द्रमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्षमा पुगेका हुन् ।
गत चैत्र २० गते ५ दलीय गठबन्धन अनुसार नै तालमेल गर्ने निर्णयमा पार्टी समेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
वडा सभापतिहरूको संयुक्त निर्णय विपरीत गठबन्धन गरिए भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उमेदवार खडा गर्ने उनीहरूको चेतावनी छ ।
साथै वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उमेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*