नेतृत्व बाँडफाँट टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:४१

मकवानपुर । सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।
मंगलबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।
यस्तै, बैठकले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*