चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:०९

मकवानपुर । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ ।
पाँच दलीय गठबन्धनमा कसलाई कति प्रतिशत सिट बाँडफाँड गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस बाहेकका दलहरुले ०७४ सालको चुनावलाई आधार बनाउनु पर्ने तर्क गरिरहेको बेला कांग्रेसले भने उक्त मापदण्डमा असहमति जनाईरहेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमबार बसेको बैठकमा पनि मापदण्डको विषयमा सामान्य छलफल भए पनि कुनै सूत्र भने फेला पर्न नसकेको बुझिएको छ ।
आज दिउँसो ४ बजे बस्ने बैठकमा पनि तालमेलको मोडालिटीबारे नै छलफल हुने जनाइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने पछिल्ला दिनहरुमा स्थानीय चुनाव सार्नुपर्ने लविङमा लागेको बुझिएको छ ।
चुनावी सभाहरुमा अपेक्षित भीड नदेखेपछि नेता नेपाल स्थानीय चुनावलाई कात्तिकमा सार्नुपर्ने लबिङ्गमा लागेको बताइन्छ ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेससँग सम्मानजनक भाग पाउनु पर्ने भन्दै बार्गेनिङ गरिरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*