गौतमबुद्ध विमानस्थलको वैशाख १ गते परीक्षण उडान हुने

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७८, सोमबार १३:५५

मकवानपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ ।
साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानका लागि उपकरण सञ्चालन सम्बन्धी तालिम दिइसकेका छन् । निगमको जहाजबाट परीक्षण उडान सकिएसँगै नेपाल नागरिक उडान प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्ने छ ।
यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले गत फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेपछि झण्डै एक दर्जन विदेशी वायुसेवा कम्पनीहरूले उडानका लागि चासो समेत देखाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*