निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७८, सोमबार १३:२६

मकवानपुर । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् । उनीहरुले आगामी निर्वाचनमा तालमेल गर्ने सहमतिसहित आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् । अपिलमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ ।
अपिलमा हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*