एमालेले उम्मेदवारको सिफारिस टुंग्याउँदै

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७८, सोमबार ११:४०

मकवानपुर । नेकपा एमालेले भटाभट स्थानीय चुनावका लागि उम्मेदवारहरुको सिफारिस टुंग्याउदै गएको छ ।
एमालेले यही चैत ३० गतेभित्र सिफारिस पठाईसक्न जिल्लाहरुलाई निर्देशन दिएकाे हाे । जिल्लाहरुबाट सिफारिस प्रदेशमा आएपछि प्रदेश कमिटिले उम्मेदवारहरुको टुंगो लगाउने छ । प्रदेशले टुंगो लगाउन नसके मात्रै केन्द्रले उम्मेदवार तय गर्ने बताइएको छ ।
उम्मेदवार चयन सकाएर देशव्यापी प्रचारप्रसारमा लाग्ने एमालेको नीति छ । यता, चितवनको भरतपुर महानगरपालिकामा एमालेले मेयरको उम्मेवादको टुंगो लगाईसकेको छ । भरतपुरमा एमालेले विजय सुवेदीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अघिल्लो पटक प्रचण्ड पुत्री रेणु दाहालसँग झिनो मतले पराजित एमाले उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा विजय सुबेदीको नाम टुंगो लागेको हो । बाग्मती प्रदेशसभा सदस्य समेत रहेका सुवेदी चितवनमा इमान्दार छवि र विकास प्रेमी नेताका रुपमा चिनिनुहुन्छ ।
अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा सुवेदी सामाजिक विकास मन्त्री बन्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*