एमाले गठबन्धनको पक्षमा नभएको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार ११:५७

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्।
प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’
स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए।
उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गरे। एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले बताए।
निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*