काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार ११:०७

मकवानपुर । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ ।
आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ । मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ । भूकम्पले पुराना मूर्तिहरु टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ ।
तर नयाँ मूर्ति राख्न लागिएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत माघ ३ गते नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो । उक्त मुद्धाको किनारा नलागेकाले पुनर्निर्माण सम्पन्न भएपनि पुनर्निर्माण पक्षले उद्घाट्न नभनी लोकार्पण भनेको बुझिएको छ ।
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले उद्घाट्न गर्न नरोकिने तर्क गर्नुभएको छ । तर काठमाडौं, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले आफूलाई काष्ठमण्डप ‘लोकार्पण’ बारे औपचारिक जानकारी नआएको बताउनुभएको छ ।
काष्ठमण्डप पुनर्निर्माण गर्न काठमाडौँ महानगरले ११ करोड ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*