प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार १०:२०


मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको छ ।
उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएको थियो । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गर्नुभएको थियो ।
बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आईपुग्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*