गठबन्धन प्रतिगमनकारीका विरुद्ध बनेको अध्यक्ष प्रचण्डको दावि

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार १७:०७

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ ।
महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आइतबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताउनु भयो ।उहाँले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर(घरमा जानुपर्नेमा समेत जोड दिनुभएको छ ।
माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दावी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*