बनारस जाँदै प्रधानमन्त्री देउवा

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार १०:१२

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार उत्तर प्रदेशको ऐतिहासिक धार्मिक शहर बनारस जाँदै हुनुहुन्छ ।
बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बनारसस्थित काशाीविश्वनाथ मन्दिरमा दर्शन तथा पूजा गर्नुहुने छ ।
नयाँ दिल्लीबाट भारत सरकारले उपलब्ध गराएको विशेष विमानबाट देउवा बनारस जानु हुने छ भने बनारसको कार्यक्रम सम्पन्न गरेर नयाँ दिल्ली फर्कनु हुनेछ ।
प्रधानमन्त्री देउवा आजै साँझ स्वदेश फर्कनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*