एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १०:२७


मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।
दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको नजिकिँदै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । राप्रपाका महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।
एमालेविरुद्ध मोर्चाबन्दी गरेका सत्ता गठबन्धनविरुद्ध एमाले पनि विपक्षीसँग गठबन्धन गरेर चुनावमा जाने मुडमा छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग तालमेल गरेर स्थानीय निर्वाचनमा जाने बताइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*